सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्लिस प्रिमियर लिगमा टोटनहमद्धारा वेष्ट ह्याम २ - ० ले पराजित

२०७७ असार १०, ०७:३१ खबर संवाददाता

इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई दुई शून्यले हराएको छ। खेलको ६४ औं मिनेटमा वेष्ट ह्यामका सेल्सोले प्रहार गरेको कर्नर बल टोमस सौचेकको खुट्टामा लाग्दै गोल भएपछि घरेलु टिम टोटनहमले अग्रता बनाएको थियो।

त्यसपछि ८२ औं मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। यो जितपछि टोटनहमको ३१ खेलमा ४५ अंक छ। वेष्टह्यामको २७ अंक रहेको छ।

त्यस्तै गएराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन्। बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ। ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस