सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थानमा

फाइल फोटो
फाइल फोटो
२०७७ असार १०, ०७:१६ खबर संवाददाता

स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ। म‌ँगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो। 

बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे। जितपछि बार्सिलोनाले तीन अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ।

३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने एक खेल कम खेलेको रियलको ६५ अंक छ। ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन्।
 

कमेन्ट लोड गर्नुस