डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि ओझाद्वारा ५१ हजार सहयोग
डडेल्धुरा: डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा जारी सहयोग संकलन अभियानमा डडेल्धुराको अमरगढी नगरपालिका –८ का टिकादत्त ओझाले ५१ हजार सहयोग गरेका छन्।
मंगलबार कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन डडेल्धुरा अध्यक्ष श्यामप्रसाद ओझाले बुवाको तर्फबाट ह्युमानिटी फाउण्डेसनका डडेल्धुरा प्रतिनिधि बरुण पनेरुलाई ५१ हजार १ सय ५१ रुपंैयाको चेक हस्तान्तरण गरेका हुन।
कोरोनाको उच्च जोखिममा रहेका सुदूर पश्चिमका पहाडी ७ जिल्लाका बासिन्दाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको अभियानमा सहयोग गर्न पाउँदा खुशी लागेको श्याम प्रसादले बताए।