कैलालीमा क्वारेन्टिनबाट घर फर्किदा ज्यान गुमाएका युवकको शव २४ घण्टादेखि सडकमै
धनगढी : कैलालीमा क्वारेन्टिनबाट घर जाँदै गर्दा ज्यान गुमाएका युवकको शव २४ घण्टादेखि सडकमै छोडिएको छ। १४ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ वर्षिय युवकको सोमवार साँझ मृत्यु भएकोमा अहिलेसम्म शव सडकमै छोडिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कोरोना आशंकामा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट नआउँदा सडकमै शव छोडिएको बताए।
उनले कोरोना रिपोर्ट आएपछि रिपोर्ट अनुसार उनको शव व्यवस्थापन हुने दिनेश खवरलाई जानकारी दिए।
आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो। मृत्यु भएका युवक जेठ २६ गते भारतको हल्द्धानीबाट नेपाल आएका थिए।