सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाईते

२०७७ असार ९, ०२:०३ खबर संवाददाता

धनगढी : अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्।

डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको जीप दुर्घटनामा हुँदा १० जना घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रवहादुर मल्लका अनुसार घाईतेलाई उपचारका लागि धनगढी ल्याईएको छ। 
 

कमेन्ट लोड गर्नुस