सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालियन सिरि ए मा युभेन्टसले बोलोग्नालाई २–० ले हरायो

२०७७ असार ९, ०७:१४ खबर संवाददाता

इटालियन सिरि ए मा युभेन्टसले बोलोग्नालाई २–० ले हराएको छ। गएराति भएको खेलमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरेका हुन्। जितसँगै युभेन्टसले चार अंकको अग्रता लिएको छ। युभेन्टरले ६६ अंक र लाजियोको ६२ अंक छ।

बोलोग्नाको मैदानमा भएको खेलको २३औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई अग्रता दिलाए। ३६औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै पहिलो हाफअघि नै युभेन्टसलाई २–० को अग्रता दिलाए।

बोलोग्ना ३४ अंकसहित १०औं स्थानमा छ। अर्को खेलमा एसी मिलानले रेलिगेसन जोनको लेस्सेलाई ४–१ ले हरायो।

मिलानको जितमा सामु कास्टिलो, जियाकोमो बोनाभेन्चुरा, अन्ते रेविच र राफेल लाओले गोल गरेका थिए। ३९ अंक बनाएको मिलान सातौं स्थानमा पुगेको छ।
 

कमेन्ट लोड गर्नुस