सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँखाको ज्योति गुमाएकी डोटीकी कल्पनालाई आर्थिक सहयोग

२०७७ असार ८, ०८:५४ खबर संवाददाता

आँखाको ज्योति गुमाएकी डोटीकी कल्पना ढोलीलाई आर्थिक सहयोग गरिएको छ। जिल्लाको दीपायल सिलगडी नगरपालिका वडा नम्बर ८ कठनाकी स्थानीय कल्पनालाई सुदूरपश्चिमेली समाज मलेसिया मलक्का क्षेत्रीय कमिटीले आर्थिक सहयोग गरेको  हो।

सोमबार अत्तरियामा उनको उपस्थितिमा २५ हजार पाँच सय ६० रुपैया उनका बुवालाई हस्तान्तरण गरिएको छ। जनक रसिक, गणेश साउँद र भरत  साउँदले उनलाई रकम  हस्तान्तरण गरेका हुन्। सुदूरपश्चिमेली समाज मलेसिया मलक्का क्षेत्रीय कमिटिका अध्यक्ष पदम राज जोशीको पहलमा सुदूरपश्चिमको विभिन्न जिल्लाबाट रोजगारीका लागि मलेसिया पुगेका ३० जनाले आफ्नो मासिक तलबबाट उक्त रकम सहयोग गरेका थिए। 

उनको गाउँमा निर्माणाधीन खानेपानीको पाइप विस्तार गर्ने समयमा आँखामा गम्भीर चोट लागेको थियो। एउटा आँखाको ज्योति गुम्दा आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको उनले बताइन्। पूर्ण रुपमा आँखाको ज्योति फर्काउन अप्रेसन गर्नुपर्ने भएकाले आर्थिक अभाव देखिएको हो। 

कमेन्ट लोड गर्नुस