सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा संक्रमितलाई १५ सय, मृतकका परिवारलाई ५० हजार

२०७७ असार ८, ०४:५८ खबर संवाददाता

गणेश मौनी, डोटी: डोटीको बडीकेदार गाउँपालिकाले कोरोना संक्रमितलाई एक हजार पाँच सय र मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार दिने भएको छ।

गाउँपालिका संक्रमीत फेला परे खानपानको लागि एक हजार पाँच सय र कसैको मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष कृष्ण वहादुर चन्दले बताए। उनका अनुसार भारत तथा अन्य मुलुकबाट आएका ब्यक्तिहरुलाई गाउँपालिकाले वडाका विभिन्न बिद्यालयहरुमा ब्यवस्थापन गरेको छ। बाहीरी मुलुकबाट गाउँपालिकामा आएका नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा राख्ने गरेको बडीकेदार गाउँपलिकाकी उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताईन्। 

‘भिटीएम अभावका कारण हामीले सबैको स्वाब संकलन गर्न सकेका छैनौ। आरडीटी भने सबैको भईरहेको छ।’ उनले भनिन्। भारतबाट बडीकेदार गाउँपालिकामा हाल सम्म  सात सय ६१ जना आएका छन्। अहिलेसम्म चार जनामा कोरोना पुष्टि भएको छ।

उनीहरुको अवस्था सामान्य रहेको र केहीको रिपोर्ट आउन बाकी रहेकोे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए।

कमेन्ट लोड गर्नुस