सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चार दिन अघि वेपत्ता भएका युवक मृत भेटिए

२०७७ असार ८, ०७:४० खबर संवाददाता

धनगढी : धनगढीमा चार दिन अघि वेपत्ता भएका युवक मृत भेटिएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा डेरा गरी बस्दै आएका डोटीको पूर्वीचौकी गाउँपालिका ४ का १८ वर्षीय ठक्करबहादुर खड्का मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले असार ४ गतेदेखि हराईरहेका खड्का आइतबार गेटा सामुदायिक वनमा मृत अवस्थामा भेटिएको दिनेश खबरलाई बताए।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आएका खड्का मृत भेटिएको घटनाको अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस