सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेञ्चुरी बैंक चौरपाटी अछामद्वारा खाद्यान्न वितरण

२०७७ असार ७, ०५:३० खबर संवाददाता

अछाम: सेञ्चुरी बैंक चौरपाटी अछामले खाद्यान्न सामग्री वितरण गरेको छ। सेञ्चुरी कमर्सियल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जिल्लाको चौरपाटी शाखाले खाद्यान्न सामग्री वितरण गरिएको हो। 

भारत विभिन्न भागबाट घर पुगी गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुलाई सहज खाद्यान्न आपुर्ती गर्ने उद्देश्यका साथ खाद्यान्न सामग्री वितरण गरिएको बैंकले जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदलाई एक लाख बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सेञ्चुरी बैंक चौरपाटी शाखाका प्रबन्धक अर्जुन कुमार बनले बताए। उनले १४ क्विन्टल चामल, ४ कट्टा दाल, तेल ५ पेटी र नुन २० किलो लगायतका अन्य सामग्रीहरु हस्तान्तरण गरिएको बताए।   

कमेन्ट लोड गर्नुस