नयाँ युवा नयाँ सोच नेपालको बैतडी जिल्ला इकाई गठन
धनगढी: महिला, बालबालिका र युवालाई केन्द्रित बनाएर विगत ३ वर्षदेखि क्रियाशिल संस्था नयाँ युवा नयाँ सोच नेपालको बैतडी जिल्ला इकाई गठन भएको छ। हालसम्म सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश ५ का विभिन्न जिल्लाहरुमा इकाई गठन गरेको संस्थाले बैतडीमा पनि इकाई गठन गरेको हो।
बैतडीमा खेम प्रकाश अवस्थीको अध्यक्षतामा ११ जना कार्यसमिति र अन्य साधारण सदस्य सहितको जिल्ला इकाई गठन भएको संस्थनका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले जानकारी दिए।
कोरोना भाइरसको बन्दाबन्दीले नियमित कार्यक्रम आयोजना गर्न नसकिएपनि वर्तमान समयमा भर्चुअल माध्यमबाट संस्थाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तवार्ता कार्यक्रम, कानूनी साक्षरता, साहित्यिक, सांगितिक, शैक्षिक लगायतका कार्यक्रमहरु गरिरहेको छ।
हाल शैक्षिक र खेलकुदका कार्यक्रम गराइरहेको संस्थामा इकाईहरु थपिदै जाँदा जनशक्ति बढेसँगै सामाजिक जनचेतना एवं युवा लक्षित कार्यक्रमहरु पनि थप्ने तयारीमा रहेको संस्थाका कार्यक्रम संयोजक विनोद खत्रीको बताए। नेपाल भित्रै विभिन्न संकायमा अध्ययनरत एवं विभिन्न सामाजिक कार्यहरुमा संलग्न युवाहरुको यस संस्थाले स्थानीय सरकार, विभिन्न संघ संस्थाहरु सँग समन्वय एवं सहयोग माग्दै निस्वार्थ रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
अन्य विभिन्न जिल्लाहरुमा पनि इकाई गठनको क्रममा रहेको संस्थाले बन्दाबन्दी खुलेसँगै आफ्ना नियमित कार्यक्रम अन्तरगत विद्यालय स्तरिय दुई सदनात्मक संसदिय बहस प्रतियोगिता सुचारु गर्ने उपाध्यक्ष धन रावतले जानकारी दिइन।