सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी मार्शल आर्टलाई खेल सामग्री सहयोग

फाइल फोटो
फाइल फोटो
२०७७ असार ७, ११:३८ रासस

अठार वर्षअघि स्थापित गोदावरी मार्शल आर्टस एकेडेमी (गोदावरी डोजो) लाई खेलकूदका सामग्री प्राप्त भएको छ।  गोदावरी नगरपालिका वडा नम्बर ३ कार्यालयले यस वर्षको कार्यक्रमअन्तर्गत  एकेडेमीलाई उक्त सामग्री सहयोग गरिएको हो। 

कार्यालयले शनिबार ५०  कराते म्याट, चारचार थान पञ्जा र सिस गार्ड तथा दुई थान चेष्ट प्याड सहयोग गरेको एकेडेमीका अध्यक्ष चीन लामाले बताए। उनले भने, “वडाभित्रका ३५ देखि ४० खेलाडीका लागि यी खेलकूदका सामग्री निकै सहयोगी हुने छन्।” 

गत वर्षको कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट विभिन्न खेल कार्यक्रम गरिएको लामाले बताए।  वडाध्यक्ष बालमुकुन्द घिमिरेले खेल जगत्ले राष्ट्रिय शान अघि बढाउने बताए।
 

कमेन्ट लोड गर्नुस