सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा धारामा छाडिएको करेन्ट लागेर महिलाको मृत्युपछि युवक पक्राउ

२०७७ असार ७, ०७:३३ खबर संवाददाता

डोटी : डोटीमा धारामा छाडिएको करेन्ट लागेर महिलाको मृत्युभएपछि एकजना युवक पक्राउ परेका छन्।

शनिबार जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएपछि सोही ठाउँका १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले किमाडीले आफ्नो घर नजिकै रहेको पानीको धारामा कोरोना संक्रमित आउने भन्दै करेन्ट छाडेको पाईएपछि उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए।

किमाडीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस