सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कोरोना संक्रमित निषेध गर्न धारामा छाडिएको करेन्ट लागेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ असार ६, ०७:३८ खबर संवाददाता

डोटी: डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। कोरोना संक्रमितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले बताए। 

सोही ठाउँका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार राखेको स्थानीयले बताएका छन्। गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्विकार गरेका छन्।

अहिले करेन्ट छाड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ। भने मृतक महिलाको शव जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए।

कमेन्ट लोड गर्नुस