नेविसंघ नेता सिंहद्वारा डोटीका विभिन्न क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण
नरेश बोगटी, डोटी: नेपाल विद्यार्थी संघ डोटीका नेता दिपेन्द्र सिँहले जिल्लाको सायल गाउँपालिकाका क्वारेन्टिनमा रहका नागरिकहरुलाई खाजा तथा सरसफाई सामग्री सहयोग गरेका छन्।
उनले गाउपालिका वडा नम्बर २, ३, ४, ५ र ६ लगायतका क्वारेन्टिनमा बसेकाहरुलाई हातधुने साबुन, माक्स, ब्रस, टुथपेस्ट, चाउचाउ, चिउरा, फ्रुटि लगायतका सामग्री वितरण गरेका हुन्।
विभिन्न दुख कष्ट भोग्दै आएका उनीहरुलाई केहि राहत मिलोस् भन्ने उदेश्यले आफुले बिगत तिन सातादेखि खाजा खुवाउने तथा सरसफाई सामग्री वितरण गर्ने जस्ता अभियान सुरु गरेको उनले बताए।
यसअघि पनि उनले काठमाण्डौं तथा धनगढीबाट घर फर्केर जिल्लाको केआइसिंह गाउँपालिका र पूर्वीचौकी गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ६५ जनालाई विभिन्न साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक र नगरपालीका र गाँउपालिकाको अन्य क्वारेन्टिनमा रहेकालाई खाद्यान्न वितरण गर्नुका साथै दम, प्रेसर, सुगर लगायत दिर्घरोगीहरुका लागि विभिन्न औषधालयहरुको सहकार्यमा निःशुल्क औषधीको समेत व्यवस्था गरेका थिए। त्यस्तै उनी गरिब विपन्न तथा मजुरका लागि राहत पनि संकलन गर्दै आइरहेका छन्।