डोटीमा थपिए १९ कोरोना संक्रमित, कुन वडाका कति ?
धनगढी : डोटी जिल्लामा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ स्वास्थ्य कार्यालय डोटीका अनुसार धनगढी प्रयोगशालामा भएको परीक्षणमा चार र काठमाडौँ प्रयोगशालामा भएको परीक्षणमा १५ गरी थप १९ जनामा संक्रमण पुष्टि भएको हो।
आज पुष्टि भएका संक्रमित मध्ये डोटीको शिखर नगरपालिका वडा नम्वर १ का १५ जना रहेका छन्। यस्तै बडिकेदार गाउँपालिका वडा नम्वर २ का एक जना र वडा नम्वर ५ का तीन जनामा संक्रमण पुष्टि भएको निमित्त कार्यालय प्रमुख उद्धववहादुर ठगुन्नाले जानकारी दिए।
योसंगै जिल्लामा संक्रमितको सङख्या ६१ पुगेको छ। ५७ जना जिल्लाभित्रै छन् भने चार जना कैलालीमा छन्।