सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना पुष्टि भएको भोलिपल्टै संक्रमित युवाहरू सिँचाइ योजनाको काममा

२०७७ असार ५, १०:५८ खबर संवाददाता

बैतडी : बैतडीमा कोरोना पुष्टि भएको भोलिपल्टै संक्रमित युवाहरू सिँचाइ योजनाको काममा गएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर ४ का २ जना पुरुषमा असार १ गते कोरोना पुष्टि भएको थियो।

उनीहरु भोलिपल्टै रत्याल सिँचाइ योजनाको कुलामा काम गर्न गएको पाइएको छ। वडा अध्यक्ष लक्ष्मण महताका अनुसार कोरोना पुष्टि भएका २ जना पुरुष उक्त योजनाको काम गर्न गएका जानकारी दिए। 

बैतडीका २२ जना कोरोना निको नहुँदै घर गएकोमा शिवनाथ गाउपालिकामा मात्रै २१ जना रहेका छन्। ४ जना सेती प्रादेशिक अस्पतालले कोरोनाको कुनै लक्षण नभएको भन्दै डिस्चार्ज गरेको थियो भने १७ जना असार १ गते पुष्टि भएका थिए।

त्यसैगरी पाटन नगरपालिका ८ का एक जना पुरुष पनि कोरोनाका कुनै लक्षण नभएको भन्दै बुधबार डिस्चार्ज गरिएको छ।
 

कमेन्ट लोड गर्नुस