सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा रिपोर्ट नआउँदै घर पठाइएका १४ जनामा कोरोना संक्रमण

२०७७ असार ४, ०२:०९ खबर संवाददाता

डोटी: डोटीमा क्वारेन्टाइनबाट घर गएका १४ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ। जिल्लाको शिखर नगरपालिका –३ मा रहेको क्वारेन्टाइनबाट घर फर्केको चार दिनपछि उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो।    

डोटको शिखर नगरपालिका –३ मा रहेको अमरज्योति आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा एक पुरुषलाई कोरोना पुष्टि भएको थियो। उनलाई पोजिटिभ देखिएसँगै कन्ट्याक्ट ट्रेसिङ्गको आधारमासँगै क्वारेन्टाइनमा बसेका अन्य २९ जनाको जेठ २० गते स्वाब संकलन गरिएको थियो। तर उनीहरुको स्वाब संकलन गरेपनि रिपोर्ट नआउँदै जेठ ३० गते घर पठाइएको थियो। 

उनको रिपोर्ट १४ दिनपछि अर्थात असार १ गते मात्र आएको हो। घर गएका उनीहरुमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँमा त्रास फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले १९ दिन क्वारेन्टाइनमा बसेका व्यक्ति घर फर्किएपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए।

‘रिपोर्ट ढिलो गरी आउँदा उनीहरु घर गएका छन्। उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न सल्लाह दिइएको छ,’ उनले भने, ‘बिहीबार संक्रमितको कन्ट्याक्टमा आएका व्यक्तिको स्वाब संकलनका लागि स्वास्थ्यको टोली गाउँ जाने भएको छ।’

कमेन्ट लोड गर्नुस