कैलालीमा जीपको ठक्करबाट मृत्यु भएका प्रिन्सिपलको शव उठेन
धनगढी : कैलालीमा जीपको ठक्करबाट ज्यान गुमाएका केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपलको अझै शव उठाईएको छैन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ लालपुरमा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक समेत रहेका जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएकोमा उनको अझै शव नउठाईएको हो।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले पीडित पक्ष र गाडी मालिकबीच सहमती नभएपछि शव उठाउन नसकिएको बताए। उनले अहिले विहान फेरी छलफल भईरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कैललाीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दोषीलाई कारवही र क्षतीपूर्तिको माग गर्दै लालपुरमा राजमार्ग पनि अवरुद्ध पारिएको बताए।
हिजो दिउसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो। जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।