सेतीमा कोरोनाका कारण मृत्यु भएका पुरुषको शव व्यवस्थापन नेपाली सेनाले गर्दै
धनगढी : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिन थालिएको छ। शव व्यवस्थापन मापदण्ड अनुसार मृतक पुरुषको शव व्यवस्थापन भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
कर्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोली सेती अस्पताल पुगिसकेको छ। उनका अनुसार मृतकका परिवारका सदस्यहरुले टाढैबाट सेनाले व्यवस्थापन गरिरहेको हेर्न मात्र पाउने छन्।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराईरहेका उनको बुधबार साँझ मृत्यु भएको थियो।