सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सतबाँजमा डीप बोरिङबाट पानी निकालियो

२०७७ असार ३, ०६:०३ खबर संवाददाता

विनोदसिंह विष्ट, बैतडी: बैतडीको सतबाँजमा डीप बोरिङबाट पानी निकालिएको छ। समुन्द्रि सतहदेखि २ हजार मिटरको उचाइमा रहेका सतबाँजमा पानी निकालिएको हो। 

सतबाँजमा रहेको सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डीप बोरिङबाट बुधबार पानी निकालिएको हो। बोटबिरुवामा सिचाई गर्न र खानेपानीको अभाव रहेकोले डीप बोरिङबाट पानी निकालिएको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए।

गत बर्ष वाटर टेबल टेस्ट गर्दा पानी छ भन्ने पत्ता लागेको थियो। इस्टमेट अनुसार २२० मिटरको गहिराईबाट पानी आउने अनुमान रहेको भएपनि ९० मिटरमै पानी निस्केको छ।

सुदूपश्चिम प्रदेशसरकारको ४६ लाख ६९ हजार बजेटमा डीप बोरिङ निर्माण हुन लागेको हो। डीप बोरिङ निर्माणको काम दुई तीन दिनभित्रै सम्पन्न हुने निर्माणको जिम्मा पाएको एसियन ड्रेल कम्पनीले जनाएको छ।

कमेन्ट लोड गर्नुस