डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न कुवँरद्धारा एक लाख २५ हजार सहयोग
२०७७ असार ३, ०९:४३
धनगढी : सुदूरपश्चिमाञ्चल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मदन कुवँरले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख २५ हजार रुपैया सहयोग गरेका छन्।
महासंघका निवर्तमान अध्यक्ष कुवँरले एक लाख २५ हजार रुपैँयाको चेक ह्युमानिटी फाउण्डेसनका टीमलाई हस्तान्तरण गरे।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा थालिएको अभियानबाट प्रभावित भएर सहयोग गरेको कुवँरले बताए।
कमेन्ट लोड गर्नुस