सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक पुरुष कर्णाली नदीमा वेपत्ता

२०७७ असार ३, ०८:१६ खबर संवाददाता

धनगढी : कैलालीका एक पुरुष कर्णाली नदीमा वेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्वर ३ का ३८ बर्षीय चक्रवहादुर बुढा कर्णाली नदीमा वेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार हिजो दिउसो १ बजे पौडी खेल्ने क्रममा उनी वेपत्ता भएका हुन्। उनको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस