कैलाली प्रहरीद्वारा अवैध नदीजन्य पदार्थसहित ५ ट्याक्टर नियन्त्रणमा
कैलाली : कैलाली प्रहरीले अवैध रुपमा निकालिएका नदीजन्य पदार्थसहित ५ ट्याक्टर नियन्त्रणमा लिएको छ। मंगलबार जिल्लाको घोडाघोडी नगरपालिकाको कान्द्रा नदी किनारमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने क्रममा से१त ९६६७, से१त ५१८७, से१त ५०४६, से२त १८०९ र से२त ३८२२ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियान अन्तर्गत कान्द्रा नदी बाट उत्खनन गर्दै गरेका बेला ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए।