सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट आज ९४८ भित्रिए

फाइल फोटो
फाइल फोटो
२०७७ असार २, ०६:४५ खबर संवाददाता

धनगढी ः कैलालीको त्रिनगर नाकाबाट आज ९ सय ४८ जना भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर आज ९ सय ४८ जना नेपाली फर्किएको प्रहरीले जनाएको छ। 

त्यस्तै १ सय ४३ भारतीय नागरिक पनि उक्त नाका भएर स्वदेश फर्किएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले त्रिनगरबाट फर्किएकाहरुलाई सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउने काम जारी रहेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस