धनगढीमा एक वर्षीय बालकमा पनि कोरोना पुष्टि
धनगढी : धनगढीमा एक बर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक बर्षीय बालकमा कोरोना पुष्टि भएको हो।
उनको सेती प्रादेशिक अस्पतालमै स्वाब संकलन भएको थियो भने परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाईएको थियो। उनको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
यसअघि धनगढीमै दुई वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो। गत मंगलवार धनगढी उप–महानगरपालिका वडा नम्वर १ की एक महिला र उनकी दुई वर्षीया छोरीमा कोरोना पुष्टि भएको थियो।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरुको अहिले उपचार भईरहेको छ।