सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

२०७७ असार २, ०३:१७ खबर संवाददाता

धनगढी : डोटीका स्थानीय तहलाई सहयोग गर्न स्वास्थ्य सामग्री संकलन गरीएको छ। पश्चिम महिला जागरण समूह काठमाडौंको अगुवाईमा जिल्लाको केआईसिंह गाउँपालिका र शिखर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्न संकलन गरिएको हो। स्वास्थ्य कार्यालय र क्वारेन्टिनहरुमा स्वास्थ्य समाग्रीको अभावका कारण समस्या नहोस् भन्ने उद्देश्यले व्यक्तिगत सुरक्षाका सामग्रीहरु सहयोग गरिनेछ।

आरम्भ सामाजिक संस्था र आनी छोयिंग डोल्मा फाउण्डेशन काठमाडौंले डोटीका दुई स्थानीय तहका लागि १० थान पीपीई सेट, गम बुट, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाईजर र २४ सेट फस्टएड किड हस्तान्तरण गरेको छ। उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ ललीतपुर र आनी छोयिंग डोल्मा फाउण्डेशनको तर्फबाट कलाकार हरीबश आर्चाय, समाजेवी रमीला आर्चाय, सस्थाकी अध्यक्ष समाजसेवी तथा गायीका आनी छोयिंग डोल्मा, सीगांपुर रेडक्रसका नेपाल प्रतिनिध कल्पना क्षत्री, प्रारम्भका प्रोजेक्ट निर्देशक बद्रीराज तिमल्सिनाले पश्चिम महिला जागरण समुहकी अध्यक्ष गोदावरी सिंह शाहीलाई हस्तानान्तरण गरे।

यस्तै रैका टुर्सका तर्फबाट पनी उक्त दुई स्थानिय तहलाई दुईहजार थान मास्क, दुईसय थान सेनिटाईजर, २० दर्जन साबुन उपलब्ध गराएको टुर्सका प्रवबन्ध निर्देशक अमर बहादुर शाहीले बताए। प्राप्त स्वास्थ्य सामाग्रीमा पश्चिम महीला जागरण समुहको तर्फबाट समेत मास्क थप गरि सम्वन्धित स्थानीय तहलाई हस्तान्त्रण गर्ने अध्यक्ष शाहीले बताईन्।

कमेन्ट लोड गर्नुस