सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीन र भारतबिच गोली हानाहान, तीन भारतीय सैनिक मारिए

२०७७ असार २, ०२:४०

चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच गोली हानाहान भएको छ। झडपमा एक आर्मी अफिसर र दुई सिपाहीसहित तीन भारतीय सैनिकहरु मारिएका छन्। 

एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो। दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो।

तर सोमबार राति गोली हानाहान हुँदा भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्यमार्फत जानकारी गराएका छन्। 

कमेन्ट लोड गर्नुस