सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्ला क्रिकेट मैदानका लागि बजेट विनियोजन

२०७७ असार २, ०७:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकाले धनगढीस्थित फाप्ला क्रिकेट मैदानका लागि बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सोमबार आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै फाप्ला क्रिकेट मैदानसहित तीन शीर्षकमा एक करोड २५ लाख रकम विनियोजन गरेको जानकारी दिए। 

फाप्ला कर्केट मैदानको डीपीआर निमार्णको प्रारिम्भक अध्ययन र प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समिति सञ्चालनका लागि उक्त बजेट विनियोजन गरेको मन्त्री बोहराले बताए। 

यस्तै प्रदेश सभाका हरेक निवार्चन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नती गर्न ६ करोड ४० लाख विनियोजन गरेको छ।  

महेन्द्रनगर र धनगढीमा रहेको रंगशालाको स्तरोन्न्ती तथा संरचना सुधारका लागि एक  करोड २० लाख विनियोजन गरेको छ। 

खेल क्षेत्रको समग्र विकास र खेलप्रतिको आकर्षण बढाउनका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ। प्रदेशस्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस