विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख ८ हजार नाघ्यो
२०७७ असार २, ०६:०७
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख ३८ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ३८ हजार ५ सय ५१ पुगेको छ।
यस्तै ८१ लाख ८ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४१ लाख ८८ हजार २ सय १६ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस