सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको ब्यास क्षेत्रमा विकास निर्माणका लागि ५ करोड विनियोजन

२०७७ असार १, ०६:१९ खबर संवाददाता

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थीक वर्षमा दार्चुलाको सिमावर्ती ब्यास गाउँपालिकामा विकास निर्माणका कामहरु गर्नका लागि ५ करोड रकम विनियोजन गरेको छ।

सोमबार बजेट वक्तव्य मार्फत आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय सरकार र स्थानीय तहको समन्वयमा उक्त क्षेत्रमा सडक, पुल खानेपानी लगायतका भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य जस्ता सार्वजनिक सेवा उपलब्ध गराउनका लागि ५ करोड बजेट बिनीयोजन गरिएको बताए। 

कमेन्ट लोड गर्नुस