धनगढी आउँदै गरेको मिनिट्रक डोटीमा दुर्घटना हुँदा बुवाछोराको मृत्यु
डोटी : डोटीको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नम्वर ३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा वडा नम्वर ३ का ४० बर्षीय डबल पुनमगर र उनका १३ बर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। अन्य तीन जना घाईते भएका छन् भने ट्रक चालक श्यामलाल चौधरी फरार रहेका छन्।
घागलबाट धनगढी आउँदै गरेको उक्त मिनिट्रक सोमबार पौने ३ बजे सुनालेक नजिक दुर्घटना भएको हो।