सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा क्वारिन्टमा सामूहिक बलात्कार गर्ने युवक स्वयमसेवकको रुपमा खटिएका थिए

२०७७ असार १, ०७:२२ खबर संवाददाता

धनगढी : कैलालीमा क्वारन्टिनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ।

पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

बलात्कार आरोपी तीनैजनालाई प्रहरीले आईतबार नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ।

उनीहरु क्वारेन्टिनमा स्वयम सेवकको रुपमा खटिएका थिए। 
 
 

कमेन्ट लोड गर्नुस