धनगढीका क्वारेन्टिनमा रहेकालाई २२ हजारको खाजा वितरण
धनगढी : धनगढीका क्वारेन्टिनमा रहेकाहरुलाई २२ हजार बराबरको खाजा वितरण गरिएको छ। उप–महानगरपालिका वडा नम्बर १२ का विभिन्न विद्यालयमा व्यवस्थापन गरिएका क्वारेन्टिनहरुमा शनिबार एक सय ९२ जनालाई खाजा खुवाइएको हो। प्रत्येक व्यक्तिलाई एक प्याकेट फुरनदाना, एक बोत्तल पानी र एक सर्जिकल मास्क वितरण गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरुले जानकारी दिए।
उनका अनुसार उप–महानगरपालिका वडा नम्बर १२ को मुक्तिनाथ आधारभुत विद्यालयमा १८ जना, दुर्गा आधारभुत विद्यालयका ३३ जना, नवदुर्गा आधारभुत विद्यालयका ६३ जना, शारदा माध्यमिक विद्यालयका ३४ जना, सिद्धनाथ माध्यमिक विद्यालयका २५ जना, बेहडाबाबा आधारभुत विद्यालयका १ जना र वडा नम्बर ४ को तुलसिराम आधारभुत विद्यालयका १८ जना गरी सात क्वारेन्टिनका एक सय ९२ जनालाई दिउँसोको खाजा खुवाइएको हो।
नगद सहयोग गर्नेको नाम सार्वजनिक गरिएको छैन्। तर २५ पेटी पानी र तीन सय पिस मास्क कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवंरले सहयोग गरेका थिए।