कैलालीको त्रिनगर नाका भएर आज भारतबाट १२७७ नेपाली फर्किए
धनगढी: कैलालीको त्रिनगर नाका भएर भारतबाट आज एक हजार दुई सय बढि नेपाली फर्किएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर एक हजार दुई सय ७७ नेपाली फर्किएको प्रहरीले जनाएको छ। त्यस्तै ४ सय ८८ भारतीय नागरिक पनि उक्त नाका भएर स्वदेश फर्किएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले त्रिनगरबाट फर्किएकाहरुलाई सम्बन्धीत स्थानीय तहको जिम्मा लगाउने काम जारी रहेको जानकारी दिए।
त्रिनगर नाकाबाट दैनिक दुई हजारदेखि ६ हजारको हाराहारीमा फर्किने गरेकोमा पछिल्लो केही दिनयता उक्त संख्या घटेको छ।