सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आरडिटी पोजेटिभ देखिएकी किशोरीले गुर्जो खाएपछि गर्भ खेर गयो

२०७७ जेठ ३१, ०४:२७ खबर संवाददाता

बाजुरा : बाजुरामा आरडिटी पोजेटिभ देखिएकी किशोरीले कोरोना भगाउन भन्दै गुर्जो खाएपछि गर्भ खेर गएको छ। भारतबाट फर्किएर बुढिगंगा नगरपालिका वडा नम्बर २ स्थित बसन्त बालमन्त्री आधारभुत विद्यालयको क्वारेन्टिनमा बसिरहेकी १७ वर्षीया विवाहित किशोरीको गर्भ खेर गएको हो।

वडा नम्बर २ को आधारभुत स्वास्थ्य केन्द्रकी इन्चार्ज अहेव आशा थापाले शुक्रबार साँझ गुर्जो खाएपछि पाँच महिनाकी गर्भवती किशोरीमा रक्तश्रावको समस्या देखिएको बताईन्। उनले किशोरीको रक्तश्राव नराकिएपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको जानकारी दिईन्।

तर महिलाले गुर्जाे खाएको विषयमा रक्तश्राव भएपछि मात्र जानकारी भएको अहेव थापाको भनाई छ। किशोरीको आरडिटी परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको थियो। उनको पीसीआर परीक्षण भने गरिएको छैन्।

अहिले सामाजिक सञ्जाल फेसबुकमा गुर्जो खाएमा कोरोना नलाग्ने भन्दै प्रचार भईरहेकाले सेवन गर्ने क्रम पनि बढिरहेको छ। तर गुर्जो कस्तो व्यक्तिले खाने ? त्यसको मात्रा के कती हुने ? भन्ने विषयमा कुनै अनुसन्धान नगरिएको चिकित्सकहरुले बताउँदै आएका छन्।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले गुर्जा आर्युवेदिक औषधी भएपनि अनुसन्धान भएर आधारिकता नपाएको बताए।

उनले गुर्जा खान भनेर चिकित्सकले सल्लाह नदिएको भन्दै अनाधिकृत रुपमा विभिन्न औषधी खाने भन्ने हल्लाहरु फैलिरहेकाले त्यसको पछाडी नलाग्न आग्रह गरे।  

कमेन्ट लोड गर्नुस