दीपायल सिलगढीकी मेयर मलासीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ लगियो
टेक चन्द, डोटी : दीपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीको स्वास्थ्यमा समस्या आएको छ। भारतबाट आएका नेपालीको व्यवस्थापनमा दौडधुपमा रहेकी मेयको स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको हो।
स्वास्थ्यमा समस्या आएपछी धनगढी पुगेर उपचारपछी डाक्टरले आराम गर्न दिएको सुझाब अनुसार घरमा आराम गरिरहेकी मेयर मलासीलाई गयराती फेरी श्वासप्रश्वासमा समस्या आएपछी आज नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको मेयरका स्वकीय सचिब रबिन्द्र जोशीले बताए।
मेयर मलासी लामोसमयदेखि प्रेसरको औषधी सेवन गर्दै आएकी थिइन्।