डोटीको बोगटानका ४० जनाको पिसीआर रिर्पोट नेगेटिभ
टेक चन्द, डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो चरणमा संकलन गरिएको ४० वटा पिसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएको छ।
भारतबाट आएर क्वारेन्टिन बसेकाहरुको नमुना संकलन गरिएको थियो। जसअनुसार उनीहरुको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सात्फरी आधारभुत विद्यालय, जोराघाटमा रहेको साझा भवन, जजलाको निजी घर र नवदुर्गा आधारभुत विद्यालय डौडामा पिसिआरका लागि नमुना संकलन गरिएको थियो भने वडा नम्बर ५ धिर्मामाण्डौको दर्जाकोटा माध्यमिक विद्यालय, वडा नम्बर ७ चवराचौताराको साउँटीमाण्डौँ आधारभुत विद्यालय र चनुकँडा आधारभुत विद्यालय र वडा नम्बर १ मा रहेको सिमचौर माध्यामिक विद्यालय र नमूना आधारतुत विद्यालयमा रहेका व्यक्तीहरुको रिर्पोट नेगेभिट आएको हो।
यस्तै धौँचडी आधारभुत बिद्यालय केदाअखडा वडा नम्बर ६ को वाल्मीकी आधारभुत विद्यालय र भवानी आधारभुत बिद्यालयमा रहेका व्यक्तिहरुमा गरिएको पिसिआर परीक्षण रिर्पोट पनि नेगेटिभ आएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए।
उक्त ४० जना मध्ये एक जनालाई आरडिटी पोजेटिभ देखाएको थियो। आरडिटी पोजेटिभ देखिएका व्यक्तीको समेत पिसिआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका डाक्टर घनश्याम भट्टले बताए। गाउँपालिकामा आरडिटी पोजेटिभ देखिएका ४ जनालाई आइसोलेसनमा राखिएको डा भट्टले बताए।