धनगढीको निसर्ग अस्पतालले गर्यो कर्मचारीको कोरोना विमा
धनगढी : धनगढीको निसर्ग अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना विमा गरेको छ। अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा विमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए।
कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको विमा गरिएको उनले बताए। बिहिबार निसर्ग अस्पतालका अध्यक्ष पन्त र एनएलजी इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख बिजेश राज भण्डारीबिच सम्झौता गरिएको छ।