पिसीआर मेसिनका लागि उद्योगपति राजकुमार अग्रवालद्धारा साढे तीन लाख सहयोग
धनगढी : धनगढीको आरपी मोडर्न इन्ड्स्ट्रीजका संचालक उद्योगपति राजकुमार अग्रवालले पिसिआर मेसिनका लागि ३ लाख ५१ हजार सहयोग गरेका छन्। ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा अग्रवालले सहयोग गरेका हुन्।
फाउण्डेसनलाई हालसम्म अमेरिका बस्दै आएका सुदुरपश्चिमवासीहरुले ७ हजारभन्दा बढी अमेरिकी डलर सहयोग गरेका छन्। ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ।
डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए।