कैलालीको क्वारेन्टिनमा बस्नेलाई अस्ट्रेलियाबाट आस्थाले गरिन खाजा सहयोग
धनगढी : कैलालीको क्वारेन्टिनमा बस्नेहरुलाई अस्ट्रेलियामा नर्सिङ पढ्दै गरेकी आस्था बमले सहयोग गरेकी छिन्। कैलालीको साडेपानीकी बमले क्वारेन्टिनमा बस्नेहरुलाई खाजा र पानी सहयोग गरेकी हुन।
उनले सुखडका ५ वटा विद्यालयमा रहेका करिब २५० जना व्यक्तिलाई बुधबार खाजा र पानी सहयोग गरेकी हुन्। दशरथ नमूना विद्यालयमा रहेका १३४, समैजी आधारभुत विद्यालय सुखडमा रहेका ३४, चौरमाल आधारभूत विद्यालय साडेपानीमा रहेका ४७ र कालिका आधारभुत विद्यालयमा रहेका ३९, मालिका आधारभुत विद्यालयमा रहेका ३ जनालाई बलमे खाजा र पानी सहयोग गरेकी हुन।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग गरेकी आस्थाले विपद्को घडीमा सहयोग गर्न पाउँदा खुशी भएको बताएकी छन्। आस्थाको आर्थिक सहयोगबाट चारवटै विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूलाई उनको परिवार र आफ्न्तले बुधबार खाजा र पानी खरिद गरि वितरण गरिएका थिए।