सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक महिलाले क्वारेन्टिनमा बच्चा जन्माइन्

२०७७ जेठ २९, ११:११ खबर संवाददाता

डोटीको क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकी छिन्। जिल्लाको सायल गाउँपालिका –६ को क्वारेन्टिनमा रहेको बेला ३० वर्षीया देउसरा कटुवालले बच्चा जन्माएकी हुन।

एक हप्तादेखि खातीवडाको महाकाली आधारभुत विद्यालय नाराको क्वारेन्टिनमा बस्दै आएकी उनले बुधबार शिशुलाई जन्म दिएकी सायल गाउँकार्यपालिका सदस्य हर्क लुहारले जानकारी दिए। उनले(देउसरा) तेश्रो सन्तानका रुपमा छोरा पाएकी हुन। भारतबाट आएर क्वारेन्टिनमा बस्दै गर्दा सन्तान पाउने देउसरा तेस्रो महिला बनेकी छन्।

कमेन्ट लोड गर्नुस