सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब क्रिकेट खेल्दा बलमा थुक लगाए ५ रन पेनाल्टी

२०७७ जेठ २८, ०१:३२ खबर संवाददाता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै केही नियमहरुमा परिवर्तन गरेको छ। आईसीसीको परिवर्तित नियमअनुसार अब बलरले बलमा थुक प्रयोग गर्न बन्देज गरिएको छ। 

टेष्ट क्रिकेटमा मात्रै लागु हुनेगरी बनाइएको नियमअनुसार कुनै खेलाडीले थुक प्रयोग गरेमा अम्पायरले दुई पटकसम्म चेतावनी दिनेछन्। सो चेतावनी नमानेको खण्डमा ५ रन पेनाल्टी लाग्ने आईसीसीले जनाएको छ।

खेलको क्रममा कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको उसको विकल्पमा अर्को खेलाडीलाई खेलाउन अनुमति दिने भएको छ। तर यसबारेमा भने म्याच रेफ्रीलाई जानकारी दिनुपर्नेछ। म्याच रेफ्रीको अनुमतिपछि मात्र अर्को खेलाडीले खेल्न पाउनेछ।
 

कमेन्ट लोड गर्नुस