कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाको बुढितोलबाट खानीडाँडा जादै गरेको सुदूरपश्चि प्रदेश ०१–००८ प ४०३९ नम्वरको मोटरसाइकल गयराति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका वडा नम्वर ४ बस्ने २९ बर्षीय भक्त खनालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका खनालको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दिनेश खवरलाई जानकारी दिए।