सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी कोरोना संक्रमित गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल

२०७७ जेठ २७, ०६:२२ खबर संवाददाता

धनगढी : अछामकी कोरोना संक्रमित गर्भवति महिलाको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा ठूलो आन्द्राको शल्यक्रिया सफल भएको छ। अछामको चौरपाटी गाउँपालिका कि २५ वर्षीया ती महिला १८ हप्ताकी गर्भवति रहेकी थिइन। उनको मंगलबार दिउँसो शल्यक्रिया सफल भएको हो। 

भारतको मुम्बईबाट १० दिनअघि आएकी उनी अछामकै क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। विरामी भएपछि अछामको बयलपाटा अस्पतालमा उपचार गराएकी उनलाई सोमबार हेलिकप्टरमार्फत् कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज अस्पताल लगिएको थियो। सोही क्रममा अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण फेला परेको थियो।

नेपालगन्ज मेडिकल कलेजका प्राचार्य डा. मोदनाथ मरहट्ठा, उपप्राचार्य डा. अनुप शर्मा लगायत डा. प्रदिप थापा, डा. अनिष भट्ट, डा. शिरीष आचार्य, स्टाफ नर्स सुनिता योगी, सुष्मिता गुरु, निर्मला बैगारलगायतको टिमले शल्यक्रिया गरेको थियो। 

कमेन्ट लोड गर्नुस