डोटी केआईसिंहका युवा जोशीद्वारा गाउँपालिकालाई सहयोग
टेक चन्द, डोटी : डोटी केआईसिंहका युवा बासुदेव जोशीले गाउँपालिकालाई सहयोग गरेका छन्। केआईसिंह गाउँपालिकाको कोरोना विपद्् व्यवस्थापन कोषमा स्थानीय युवा जोशीले सहयोग गरेका हुन्।
कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकालाई पाँच हजार सहयोग गरेको उनले बताए। उक्त रकम गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीलाई हस्तान्तरण गरेको उनले बताए।
गाउँपालिकाकै वडा नम्बर ४ चन्केसैन घर भएका जोशीले अरुलाईपनि विपद््को समयमा सहयोग गर्न आग्रह गरेका छन्।