सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका पहिलो संक्रमितले जिते कोरोना

२०७७ जेठ २७, ०२:५६ खबर संवाददाता

दार्चुला : दार्चुलाका पहिलो संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्। जिल्लाको महाकाली नगरपालिका ६ का ती २१ वर्षीय युवकलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो। 

भारतबाट मजदुरी गरी फर्किएका ती युवकलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेका बेला कोरोना देखिएको थियोे। कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो।  

युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ। कोरोना जितेर जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनबाट ती युवकको विदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिए।

अब जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा महाकाली नगरपालिका ८ का  २४ वर्षीय संक्रमित पुरुष बाँकि रहेका छन्।  

कमेन्ट लोड गर्नुस