सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेफर बिरामीमा कोरोना पुष्टिपछि बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२०७७ जेठ २७, ११:०३ खबर संवाददाता

धनगढी : अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ। अस्पतालबाट रेफर गरीएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकको सेवा बन्द गरिएको हो।

बयालपाटा अस्पतालबाट रेफर गरिएकी महिलामा कोहलपुर अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भएको हो। 

उपचारको क्रममा गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सुचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो। भर्ना भएका बिरामीलाई भने सेवा दिने अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस