डोटीको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
डोटी : डोटीमा मृत्यु भएका युवकको कोरोना रिर्पाेट नेगेटिभ आएको छ। जिल्लाको केआई सिंह गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय युवकको कोरोना रिर्पाेट नेगेटिभ आएको हो। उनको आइतबार क्वारेन्टिनमा मृत्यु भएको थियो।
धनगढीको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।
उनी गत जेठ २० गते भारतबाट आएका थिए। त्यसपछि उनी गाउँपालिकाको वडा नम्बर ३ को सीताराम आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका थिए। उनी मुटु सम्बन्धीका बिरामी रहेका बताइएको छ।
अब प्रहरीको निगरानीमा रहेको शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाउने तयारी प्रहरीले थालेको छ।