सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका आउजीको मत्यु

२०७७ जेठ २६, ०४:४७ खबर संवाददाता

अछाम : अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ। बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो।

बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा केही वेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।

दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए। आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। 
 

कमेन्ट लोड गर्नुस